दफा १५
सूचना दिनु पर्ने
बीमकले आफ्नो संचालक वा निजको परिवार वा निज मेनेजिङ्ग एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि संगठित संस्थासंग विमा व्यवसायको कुनै कारोबार गरेमा निजले त्यसको सूचना पैंतिस दिनभित्र समितिलाई दिनु पर्नेछ ।